केहि वर्षअघिको भूकम्पले ठूलो जनधनको क्षति भएपछि अहिले भूकम्पप्रतिरोधी घर निर्माण कार्य बढिरहेको छ । नेपालजस्तो पहाडी मुलुकमा भूकम्पको जोखीम सधैं हुने विज्ञहरूले बताउँदै आएका छन् ।सोही कारण अहिले बलिया र भूकम्पप्रतिरोधी घर बनाउन धेरैको चासो बढेको छ । अहिले कम खर्चमै आकर्षक र बलियो घर कसरी बनाउन सकिन्छ भनेर खोजी हुन थालेको छ । कसरी बनाउन सकिन्छ त थोरै लागतमै उपयुक्त घर ? यहाँ केही उपाय दिइएको छ
नक्साको चयन
घर बनाउँदा सबैभन्दा पहिला नक्सा (डिजाइन)मा ध्यान दिनुपर्छ । कत्रो, कस्तो र कुन किसिमको घर बनाउने र कति लागत लाग्ने भन्ने नक्सा बनाउँदा नै तय गर्नुपर्दछ । आफ्नो जग्गाको साइजअनुसार उपयुक्त र सबै ठाउँको सदुपयोग हुने किसिमले घरको नक्सा इञ्जिनीयरलाई बनाउन लगाउनुपर्छ । यसले घरको लागत पहिले नै थाहा पाउन सकिन्छ ।
पछि डिजाइन परिवर्तन नगर्नुहोस्
कतिपय मानिस घर बनाइसकेपछि त्यसको भित्र निर्माण गर्ने भान्साकोठा, सुत्नेकोठा, बाथरूम आदिको डिजाइन परिवर्तन गर्दछन् । यसले गर्दा डिजाइन खर्च बढ्ने, कामदार खर्च बढी हुने, घरको क्षमता फरक हुने र त्यसको निर्माण महँगो पर्छ । त्यसैले, पहिले नै सही डिजाइन छनोट गरी सोहीबमोजिम निर्माण गर्नुपर्छ ।

Comments
Post a Comment