तनहुँमा कांग्रेस नेता रामचन्द्र पौडेल ‘रिस्क जोन’मा


तनहुँमा कांग्रेस नेता रामचन्द्र पौडेल ‘रिस्क जोन’मा
यस्तो छ तनहुँ जिल्लाको चुनावी शक्ति सन्तुलन
सुवास पण्डित
2
प्रतिक्रिया

१ कात्तिक, तनहुँ । कांग्रेसहरुको बलियो क्षेत्र मानिएको तनहुँको निर्वाचन क्षेत्र नं १ मा कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल रिक्स जोनमा छन् । वामपन्थी गठवन्धनले पौडेललाई सकस पार्ने त देखिन्छ नै, स्वंय कांग्रेस तनहुँभित्र मच्चिएको हुण्डरीले गर्दा पौडेल असुरक्षित बन्दै गएको देखिएको छ ।


साविक ३ वटा निर्वाचन क्षेत्र रहेको तनहुँ अहिले २ वटा निर्वाचन क्षेत्र भएको छ । ०४८ सालमा तनहुँ निर्वाचन क्षेत्र नं १ बाट विजयी भएका पौडेल ०५१ को निर्वाचनदेखि तनहुँ २ नम्बर क्षेत्रबाट निर्वाचन लड्दै विजयी बन्दै आएका छन् ।

विगतमा आफैंले छाडेको क्षेत्र नं १ का अधिकांश भूभाग समेटिएको क्षेत्र नं २ को भूगोलमा पौडेल २४ बर्षपछि फर्कन लागेका हुन् । पौडेलले छाडेपछि उनको विरासत कांग्रेसकै नेता गोविन्दराज जोशीले सम्हाल्दै आएका थिए । जोशीले तनहुँ १ बाट ०५१ र ०५६ मा भएको संसदीय निर्वाचनमा जिते पनि ०६४ सालमा भएको पहिलो संविधानसभाको निर्वाचनमा उनी तेस्रो भए । अकुत सम्पती आर्जन गरी भष्ट्राचार गरेको अभियोग जोशीमाथि लागेपछि उनको राजनीतिक जीवन र यात्रा स्खलित बन्दै गयो ।जोशीलाई एकातिर भष्ट्राचारको अभियोग लाग्यो, अर्कोतिर उनी निर्वाचनमा पराजित भए । यही मौकामा पौडेल तनहुँको राजनीतिमा हावी भए ।

जिल्लाको राजनीतिमा पौडेल हावी भए पनि केन्द्रीय राजनीतिमा भने उनलाई पराजयले पछ्यायो । १७÷१७ पटकसम्म प्रधानमन्त्रीको लिगलिगे दौडमा पराजित बनेका पौडेल महाधिवेशनमा पार्टी सभापतिमा पराजित बने ।

Comments